दिपक रिमालको तीन्टी स्वास्नी बजारमा (भिडियो सहित)

काठमाडौँ । काठे लोक दाहोरी गायक दिपक रिमालको पछिल्लो प्रस्तुति तीन्टी स्वास्नी बजारमा आएको छ । थुप्रै लोक दोहारी गीत बजारमा ल्याइसक्नु भएका काठे लोक दोहारी गायक रिमालको पछिल्लो लोक दोहारी गीत ‘तीन्टी स्वास्नी …’ समसामयिक विषयमा तयार भएको हो ।

तीनवटी बिहे गर्दा नि घर नभएपछिको तनावलाई गीतमा समेटिएको यस गीतकमा तीन तीन वटी बिहे गर्दा नि तीनै वटी पोईल हिँडे पछिको अवस्था अनि घरायसी उतार चढावलाई रिमालले सरल तरिकाले प्रस्तुत गर्नु भएको छ । । शब्द संगीत रिमाल कै रहेको गीतमा रिमाल र प्रिन्सिका शंकरको स्वर रहेको छ ‘तीनटी स्वास्नी ल्याउँदा नी घर भएन ’ भन्ने बोलको उक्त लोक दोहोरी गीतको भिडियोमा भक्तपुर चाँगुनारायण नगरपालिका चरेलीको रमणीय दृश्य समेटिएको छ । जती वटी बिहे गरे पनि घरजम नभएको विषयवस्तुलाई उठान गरिएको ‘तीन्टी स्वास्नी … ’ को भिडियोमा रिमालको साथमा गायिका शंकर, कलाकार निर्देशक अमरकृष्ण चन्द, नविना ब्लोन, सुन्दरी लामा, राम परियार, सरोज गहतराज, गंगा लामिछाने लगाययतले उत्कृष्ट अभिनय गरेका छन् ।

भिडियोको निर्देशन समेत गायक रिमालले नै गर्नु भएको छ भने भिडियोमा छायाँकन सम्पादन सुमन लामाको रहेको छ । समय सान्दर्भिक अनि निकै नै मर्मस्पर्सी ‘तीन्टी स्वास्नी …’ गीत उत्कृष्ट बनेकोले लोक दोहोरी प्रेमीहरुले मन पराइदिनेमा रिमाल ढुक्क देखिनु हुन्छ । तीन्टी स्वास्नी बिहे गर्दा नि घर नभएको आखिर कारण के हो त भन्ने सन्देश मुलक गीतको भिडियो उत्कृष्ट बनेको गायक रिमाल बताउनु हुन्छ ।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस्

https://youtu.be/rnCWJ4Cz8lA


प्रकाशित | १५ पुष २०७७, बुधबार ११:५०

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!