तिहारमा तीन दिन बैंकका सवै शाखा बन्द हुने

काठमाडौं । नेपाल बैंकर्स संघले तिहारमा ३ दिन बैंकहरुका सबै शाखाहरु बन्द गर्ने निर्णय गरेको छ । संघका अनुसार तिहारको लागि कात्तिक २९ देखि मंसिर १ गतेसम्म बिदा दिने निर्णय गरिएको हो । तर यस अवधिमा डिजिटल बैंकिङ सेवा निरन्तर हुनेछ । साथै, एटीएम सेवा पनि सञ्चालन हुनेछ । संघले संक्रमणबाट जोगिन सर्वसाधारणलाई डिजिटल बैंकिङको प्रयोग गर्न पनि अपिल गरेको छ ।

संघका अनुसार, वाणिज्य बैंकहरुका करिब ६ हजार कर्मचारी संक्रमित छन् । यसअघि दशैंमा पनि बैंकहरुले ५ दिन बिदा दिएको थियो ।


प्रकाशित | २६ कार्तिक २०७७, बुधबार ०७:१२