सुनको मूल्य घट्यो, तोलाको ९४ हजार १०० मा कारोवार

काठमाडौँ ।आज सुनको मूल्य प्रतितोला रु ८०० ले ओरालो लागेको छ । प्रतितोला रु ७०० ले सोमबार उकालो लागेको सुनको मूल्य आज पुनः ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला ९४ हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन प्रतितोला ९४ हजार ९०० मा सोमबार कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन सोमबार प्रतितोला ९४ हजार ४०० मा कारोवार भएकामा आज प्रतितोला ९३ हजार ६०० मूल्य निर्धारण भएको छ । तेजाबी सुन पनि प्रतितोला ८०० ले घटेको छ ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १५ ले घटेको छ । प्रतितोला एक हजार ३१५ मा सोमबार कारोवार भएको चाँदी आज भने एक हजार ३०० मूल्य निर्धारण भएको छ ।


प्रकाशित | १४ पुष २०७७, मंगलवार १४:५२