मध्यपुर थिमी नगरपालिका-४ बाट एमालेका बालकृष्ण श्रेष्ठ विजयी

भक्तपुर : मध्यपुर थिमि नगरपालिकाको वडा नं. ४ मा नेकपा एमालेका बालकृष्ण पात्या श्रेष्ठ विजयी हुनु भएको छ । श्रेष्ठले १ हजार ९३५ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । उहाँको निकटतम प्रतिद्धन्द्धी कांग्रेसका पुर्ण कृष्ण श्रेष्ठले १ हजार ६५६ मत पाउनु भयो ।

त्यस्तै, वडा सदस्यहरुमा रामकेशरी श्रेष्ठ र मदन ख्या श्रेष्ठ तथा नेपाली कांग्रेसका उमेश श्रेष्ठ शक्ति निर्वाचीत हुनु भएको छ ।


प्रकाशित | २ जेष्ठ २०७९, सोमबार १२:१५