९ औँ महाधिवेशनमा भाग लिएका प्रतिनिधिहरुलाई जनवरी १ तारिखसम्म फाराम भरिसक्न आब्हान

काठमाडौँ । आसन्न गैरआवासीय नेपाली संघको विशेष महाधिवेशनमा भाग लिने प्रतिनिधिहरुलाई आफ्नो विवरण पठाउन आग्रह गरिएको छ । आगामी जनवरी २३ र २४ तारीखमा हुन गइरहेको विशेष महाधिवेशनमा भाग लिने प्रतिनिधिहरुलाई विवरण पठाउन गैरआवासीय नेपाली संघले आग्रह गरेको हो ।

२०१९ का ९ औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा भाग लिएका प्रतिनिधिहरुले सन् २०२१ जनवरी १ तारिखसम्म फाराम भरि सक्नुपर्ने गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माले जानकारी दिनु भयो ।

विशेष महाधिवेशनबारे थप जानकारीका लागि ड्रपईन सेसनमा भाग लिन अनुरोध गरिएको छ । हालसम्म दुईबाट ड्रपईन सेसन सम्पन्न भइसकेका छन । तेश्रो सेसन डिसेम्बर २७ तारिख ३ बजे बिहान, नेपाली समय तथा युरोप र अमेरिकामा डिसेम्बर २६ मा आयोजना हुने महासचिव शर्माले बताउनु भयो ।


प्रकाशित | १२ पुष २०७७, आईतवार ११:१४