विश्वभर सक्रिय संक्रमितको संख्या २ करोड २० लाख नाघ्यो

काठमाडौँ । विश्वभर सक्रिय संक्रमितको संख्या २ करोड २० लाख नाघेको छ ।
एकैदिन ४ लाख ४७ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै विश्वभर सक्रिय संक्रमितको संख्या २ करोड २० लाख ४७ हजार २८८ पुगेको हो ।
यसमध्ये १ लाख ५ हजार ६१७ को अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।
पछिल्लो तथ्यांकअनुसार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ करोड ७ लाख ५ हजार नाघेको छ ।


प्रकाशित | १२ पुष २०७७, आईतवार ०९:२८