सुनको मूल्य बढ्यो, तोलाको ९४ हजार १०० मा कारोबार

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।
बुधबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार ९४ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन तोलामा ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच बिहीबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । बुधबार तोलामा १ हजार २६५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार तोलामा १ हजार २८० रुपैयाँमा कारोबार भएको हो ।


प्रकाशित | ९ पुष २०७७, बिहीबार १२:१०