श्रीलंकामा इसाई धर्मालम्बीलाई लक्षित गरी तीन चर्चमा विष्फोट, २५ को मृत्यु, २०० घाइते

एजेन्सी : श्रीलंकाको विभिन्न स्थानमा भएको विष्फोटमा २५ जनाको ज्यान गएको छ। आइतबारका दिन चर्चमा गएका इसाई धर्मालम्बीलाई लक्षित गरी तीन चर्चमा विष्फोट गराउँदा कम्तिमा २५ जनाको ज्यान गएको छ भने दुई सय भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले उल्लेख गरेको छ। घाइतेको विभिन्न अस्पतालमा भर्ना गरिएको छ।

श्रीलंकको कोलम्बोमा रहेका तीन चर्च र अन्य छ स्थानमा विष्फोट भएको श्रीलंकका अधिकारीले बताएका छन्। विष्फोट कसले गरायो भन्ने अहिले सम्म खुल्न सकेको छैन्। विष्फोटपछि शहरको शुरक्षा व्यवस्था कडा बनाइएको छ। भन राहत र बचाउको कार्य जारी रहेको छ।


प्रकाशित | ८ बैशाख २०७६, आईतवार १२:४९