केएमई फाइनान्स पहिलो वर्षमै ६ प्रतिशत लाभांश वितरण गर्न सफल

हङकङ । काठमाण्डौ मनी एक्सप्रेस (केएमई) फाइनान्सले पहिलो वर्षमा नै ६ प्रतिशत लाभांश वितरण गर्न सफल भएको छ । कम्पनी अध्यक्ष राधिका गुरुङले पहिलो वर्षमै ६ प्रतिशत लाभांश वितरण गर्न सफल भएको जानकारी गराउनुभयो ।

अध्यक्ष गुरुङका अनुसार आर्थिक वर्ष २०१९/२० को लाभांश कोरोना भाइरस (कोभिड–१९ ) का कारण औपचारिक कार्यक्रमको आयोजना गर्न नमिलेपछि लगानीकर्ताहरुलाई व्यक्तिगत रुपमा लाभांश वितरण गरिएको हो ।

केएमईले सन् २०१९ को मेदेखि कारोेबार शूरु गरेको थियो । केएमईले रेमिटेन्स सेवा पनि शुरु गरिसकेको छ ।

हङकङमा रहेका नेपालीले केएमई रेमिट्यान्सको सेवा प्रयोग गरी सजिलै नेपालमा पैसा पठाउन र नेपालमा सिटी एक्सप्रेससँग आबद्ध ७५ सयभन्दा बढी एजेन्टबाट सजिलै भुक्तानी लिन सक्छन् ।


प्रकाशित | ८ पुष २०७७, बुधबार १८:१७