चुनावमा कम्तिमा ५० लाख लोकप्रिय मत ल्याउने गरि अगाडि बढ्नुस : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनावमा कम्तिमा ५० लाख लोकप्रिय भोट ल्याउने गरि चुनावी रणनीति अगाडि सार्नुभएको छ । प्रधानमन्त्री ओलीले अदालतले ससद पुर्नस्थापना गर्न नसक्ने भन्दै तोकिएकै सममयमा चुनाव हुने भन्दै आगामी चुनावमा पार्टीले कम्तिमा ५० लाख लोकप्रिय भोट ल्याउने गरि तयारमा लाग्न नेताहरुलाई आग्रह गर्नुभएको हो ।

आफू नेतृत्वको नेकपाले आगामी वैशाखमा हुने निर्वाचनमा दुई तिहाइ बहुमत ल्याउने गरी योजना बनाइने ओलीको भनाई छ ।

बालुवाटारमा सम्पन्न केन्द्रीय कमिटीको बैठकमा ओलीले भन्नुभयो, ‘हामीले चुनावमा कम्तीमा ५० लाख लोकप्रिय मत ल्याउनुपर्छ, किनभने त्यो समानुपातिकमा जोडिन्छ । प्रत्यक्षमा हिजो दुई पार्टी मिलेर ११६ सिट जितेका थियौं अब कम्तीमा चार सिट बढाएर १२० सिट जित्नुपर्छ ।’

उहाँले पार्टीका कमिटी तथा विभागहरुलाई पूर्णता दिने र सबै संरचनाहरु व्यवस्थित गरि चुनावमा होमिन पनि निर्देशन दिनुभयो ।


प्रकाशित | ७ पुष २०७७, मंगलवार २०:२७