एनआरएनए चुनाव: कुन पदमा क-कसले दिए उम्मेदवारी ? (सूचीसहित)

७४ पदका लागि १२० जनाको उम्मेदवारी

काठमाडौं:  गैर आवासीय नेपाली संघको आगामी कार्यकालको लागि हुन गइरहेको निर्वाचनको मनोनयन दर्ताको समय सकिएको छ । यही १२ तारिखबाट शूरु भएको उम्मेदवारी दर्ता सोमबार सम्पन्न भएको हो । एनआरएनएको विभिन्न  ७४ पदका लागि १२० जनाको उम्मेदवारी परेको छ ।  अध्यक्षमा चार जनाले उम्मेदवारी परेको छ । आगामी नेतृत्वका लागि कार्यकारी अध्यक्ष डा. बद्री केसी, वर्तमान अध्यक्ष रविना थापा, उपाध्यक्षद्धय महेश कुमार श्रेष्ठ र राजेन्द्र कुमार शर्माले उम्मेदवारी दर्ता गर्नु भएको हो ।

६ जना खुल्ला उपाध्यक्षका लागि १८ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा अभिमान सिंह बस्नेत, विजय मोक्तान, विनोद श्रेष्ठ, चिरञ्जीवी घिमिरे, धर्मराज अधिकारी, गणेश केसी, गंगाधर गौतम, गोविन्द्र प्रसाद श्रेष्ठ, डा. हेमराज शर्मा, जेदू पोखरेल, डा. केशव पौडेल, खगेन्द्र न्यौपाने, नारायण प्रसाद आचार्य, राजु रेग्मी (राज), रामशरण सिमखडा, रोविन प्रसाद शेरचन, सशीकान्त पौडेल र सुनील साहको उम्मेदवारी परेको छ । १ जना महिला उपाध्यक्षमा रोजीना प्रदान राई र यसमीन बेगम सैयदको उम्मेदवारी परेको छ भने १ जना युवा उपाध्यक्षमा अब्बदुल बासिद र रोशन थापाको उम्मेदवारी परेको छ ।

त्यस्तै, १ जना महासचिव पदका लागि बुद्धिसागर सुवेदी र गौरीराज जोशीको उम्मेदवारी परेको छ । उता दुई उपमहासचिवका लागि ५ जनाको उम्मेदवारी परेको छ । उपमहासचिवमा कृष्ण गिरी, प्रविण गुरुगं, प्रमोद सिटौला, सन्तोष कुमार भट्टराई र सोम सापकोटाको उम्मेदवारी परेको हो ।

६ वटा पद रहेको सचिवमा १५ जनाको उम्मेदवारी परेको छ । सचिवमा भिम केसी (कमल), दयानिधी सापकोटा, डा. ज्ञानेन्द्र रेमी, केपी सिटौला, कृष्णजीवी पन्थ, लोक प्रसाद दाहाल, नवराज रोस्यारा, पारसमणी पोखरेल, राजेन्द्र प्रसाद पुडासैनी, रामसी पोखरेल, स्वतन्त्र प्रताप शाह, टंक प्रसाद गैरे र यज्ञराज सुवेदीको उम्मेदवारी परेको हो । उता एक जना महिला सचिवमा विमला सापकोटा र राधिका गुरुग (टिका) को उम्मेदवारी परेको छ ।

त्यस्तैगरि, कोषाध्यक्षमा सुदन कुमार थापा र ठाकुर प्रसाद ढुंगानाको उम्मेदवारी परेको छ । यता तीन जना खुल्ला सहकोषाध्यषमा ६ जनाको उम्मेदवारी परेको छ । सहकोषाध्यक्षमा अभिमन्यू बस्नेत, सिपी पौडेल, दधिवल खड्का, कृष्ण प्रसाद तिमल्सेना, मोहम्मत मुक्तदा (मुसलमान) र तिलक प्रसाद गैरैको उम्मेदवारी परेको छ । एक जना महिला सहकोषाध्यक्षका लागि अमृता थापा (कञ्चन) र तृसला शर्माको उम्मेदवारी परेको छ ।

निर्वाचनमा १ जना महिला संयोजकको लागि अनुजा प्रधान र देवकी खत्री गुरुगं तथा १ जना युवा संयोजकका लागि रविन अधिकारी र सुपेन्द्र घिसिगंको उम्मेदवारी परेको हो । 

महाधिवेशनमार्फत यस वर्ष संघको नयाँ नेतृत्व समेत चयन हुँदैछ । संघको इतिहासमै पहिलोपटक फेसियल भेरिफिकेशन मार्फत अनलाइन भोटिङ गर्न लागिएको निर्वाचनमा ५९ देशका ४ हजार २ सय २७ जना महाधिवेशन प्रतिनिधिले भाग लिँदै छन् । संसारको जुनसुकै स्थानमा बसेर सजिलै मतदानमा भाग लिन सकिने व्यवस्था मिलाइएको संघले जनाएको छ । नेपालमा आएका मतदाताको लागि सम्मेलन स्थलमै अनलाइन भोटिङको व्यवस्था मिलाइएको छ । संघको ११ औं महाधिवेशन १७ अक्टोबरदेखि शुरु भई अक्टोबर १९ तारिखमा सम्पन्न हुनेछ।


प्रकाशित | ३० आश्विन २०८०, मंगलवार ०१:२४