कार्यदलले पर्यटनमन्त्री भट्टराईलाई प्रतिवेदन बुझायो, थप २ ओटा एयरबस किन्न सुझाव

काठमाडौ: नेपाल वायुसेवा निगम सुधारका लागि सरकारले गठन गरेको कार्यदलले थप २ ओटा एयर बस ३२० खरिद गर्न सुझाव दिएको छ । प्रतिवेदनमा जहाज सिधै एयरबसबाट खरिद गर्नुपर्ने र जहाज खरिद गर्दा बैङ्क ग्यारेन्टी अनिवार्य गर्न सुझाएको छ ।

कार्यदलले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईलाई सो प्रीतवेदन बुझाएको हो । निगममा पर्याप्त जहाज नभएकै कारण आम्दानी गर्न नसकेको निश्कर्ष निकाल्दै कार्यदलले थप जहाज खरिदको सुझाव दिएको जनाएको छ ।

कार्यदलले निगमको वित्तीय संरचना सुधार आवश्यक भएको औल्याएको छ । निगमको ब्यवस्थापकीय सुधार गर्न विदेशी रणनीतिक साझेदार आवश्यक भएको सुझाव दिएको छ । रणनीतिक साझेदार नभई निगमको सुधार नहुने निश्कर्ष छ ।

यसैगरी उडान गर्ने गन्तव्यको बिश्लेषण, विमान तथा उडान व्यवस्थापन आवश्यक भएको औल्याएको छ । यसैगरी अनलाइन टिकटको व्यवस्था, सम्पत्ति तथा दायित्वको मुल्यांकन, कार्यसम्पादन सम्झौता गर्नुपर्ने लगाएतका सुझाव रहेका छन ।

मन्त्री भट्टराईले निगम सुधारका लागि सुझाव दिन कार्यदल गठन गर्नुभएको थियो । पूर्व सचिव सुशील घिमिरेको संयोजकत्वमा गठन गरिएको हो । सोही कार्यदलले प्रतिवेदन बुझाएको हो ।


प्रकाशित | १ आश्विन २०७६, बुधबार १६:०७