आगामी निर्वाचनमा प्रचण्डलाई जनताले धोती लगाएर विदा गर्नेछन्ः महेश बस्नेत

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले कार्यकारी अध्यक्ष प्रचण्डलाई आगामी निर्वाचनमा नेकपाका कार्यकर्ता तथा जनताले धोती लगाएर विदा गर्ने चेतावनी दिनुभएको छ ।
पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुसाशनको कारवाही गर्ने विज्ञप्ती जारी गरेसँगै आक्रोसित हुनुभएका पूर्वमन्त्री बस्नेतले लोभी पापीको आड लिएर घरको ढुकुटी चोरेर कब्जा गर्न खोज्दा सावधानी अपनाउने घरमुलीलाई नै घरबाट निकाल्ने जस्तो नौंटंकी प्रचण्ड गुटको षड्यन्त्र रहेको बताउनुभयो ।

केपी ओलीले कम्युनिष्ट पार्टीको सदस्यता लिएको १० वर्ष पछि मात्र सदस्यता प्रचण्डले लिएको उल्लेख गर्दै उहाँले आगामी निर्वाचनपछि प्रचण्डको हैसियत आम नेपाली जनताले प्रष्ट रुपमा देख्ने चेतावनी दिनुभयो । कारवाही गर्ने प्रचण्डले अबका दिनको यात्रालाई बुझ्दै जान चेतावनी दिँदै उहाँले कारवाही प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष प्रचण्डले गर्ने की प्रचण्डलाई गर्ने समयले तत्काल बताउने चेतावनी दिनुभयो ।
उहाँले भन्नुभएको छ, ‘घरमा पाउना लाग्न आएका ब्यक्तिले छोरा छोरी मध्यको लोभी पापी छोराको आड लिएर घरको ढुकुटी चोरेर, कब्जा गर्न खोज्दा सावधानी गरे बापत घरमुलीलाई घरबाट निकालेको जस्तै नौटंकी हो, यो कथित स्थायी कमिटी रुपि प्रचण्ड गुटको षड्यन्त्र । केपी ओली कम्युनिष्ट पार्टीको सदस्यता लिएको १० बर्ष पछाडि राजनीतिमा लागेका प्रचण्डले पूर्वएमालेको गुटको आडमा प्रधानमन्त्रीलाई कार्बाही रे १ बिश्वको सबैभन्दा ठूलो प्रहसन मंचन हुँदैछ । चार्ली चाप्लिङ्ग माथ खाने भए अब । आउँदो चुनाव पछाडी प्रचण्डको हैसियत हेरौंला । कार्बाही खाने कुकर्म गरेका मित्रहरु हेर्दै जानुहोला । अनि कार्बाही कसले कसलाई गर्छ समयले बताउने छ । आकाश तिर फर्केर थुक्दैछौ थुक तिम्रै मुखमा पर्नेछ । तिम्रा कथित स्थायी र केन्द्रीय कमिटी रोपी गुटको निर्णय आम नेकपाको नेता कार्यकर्ताले धोती लगाइदिनेछन् ।’


प्रकाशित | ६ पुष २०७७, सोमबार १३:१७