तीन दिन देशैभरि हावाहुरी, वर्षा र चट्याङको सम्भावना : यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

काठमाडौँ : देशैभरि अझै तीन दिन चट्याङ, हावाहुरी र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशभरि आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी सहित हल्का वर्षाको सम्भावना छ । महाशाखाले जारी गरेको बिज्ञप्ति अनुसार रातिः देश भरि आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी सहित हल्का वर्षाको सम्भावना छ । महाशाखाले जारी गरेको तीन दिनको मौसम पूर्वानुमान जस्ताको तस्तै ;

बैशाख ०८ गते (आईतबार)

दिउँसोःदेश भरि आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी सहित हल्का वर्षाको सम्भावना छ ।  रातिः देश भरि आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी सहित हल्का वर्षाको सम्भावना छ ।

बैशाख ०९ गते (सोमबार)

दिउँसोः देश भरि आंशिक देखि सामान्य बदली रही पुर्बी र मध्य भू–भागका केहि स्थानहरुमा तथा पश्चिमी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी सहित हल्का वर्षाको सम्भावना छ । रातिः देश भरि आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी सहित हल्का वर्षाको सम्भावना छ ।

बैशाख १० गते (मंगलबार)

दिउँसोः देश भरि आंशिक देखि सामान्य बदली रही पुर्बी र मध्य भूभागका केहि स्थानहरुमा तथा पश्चिमी भू–भागका एक दुइ स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी सहित हल्का वर्षाको सम्भावना छ । रातिः देश भरि आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ ।


प्रकाशित | ८ बैशाख २०७६, आईतवार ०९:२५