बन्दीपुरको चौतर्फी विकासका लागि मेरो उम्मेदवारीः धुव्रलाल प्रधान (अन्तर्वार्ता)

बन्दीपुरमा लोकप्रिय धुव्र लाल प्रधान  यतिबेला स्थानीय तह निर्वाचनका लागि चुनावी मैदानमा हुनुहुन्छ । नेपाल रेडक्रस सोसाइटी तनहुँका पूर्व सभापति, बन्दीपुर क्याम्पसका पूर्व संचालक समितिको अध्यक्ष, लायन्स क्लब तनहुँका संस्थापक अध्यक्षलगायत विभिन्न सामाजीक संघसंस्थामा आबद्ध रहँदै आउनु भएको प्रधान नेपाली कांग्रेस तनहुँका पूर्व जिल्ला उपसभापति र हाल नेपाली कांग्रेस तनहुँ जिल्ला कार्य समितिका विशेष सल्लाहकारको भूमीकामा हुनुहुन्छ । नेपाली कांग्रेसको तर्फबाट बन्दीपुर गाउँपालिकामा अध्यक्ष पदमा उम्मेदवारी दिनु भएको प्रधानले निर्वाचन नजिकिंदै जाँदा घरदैलो कार्यक्रमलाई समेत तीब्र बनाउनु भएको छ । प्रधानसँग हामीले निर्वाचनको विविध विषयमा केन्द्रित भएर कुराकानी गरेका छौ, प्रस्तुत छ, प्रधानसँग गरिएको कुराकानीको सम्पादीत अंशः-

तपाईको उम्मेदवारी किन ?

बन्दीपुर गाउँपालिकालाई सुखी, समृद्ध र भष्ट्राचारमुक्त बनाउनका लागि मेरो उम्मेदवारी हो । विशेष गरि बन्दीपुरको चौतर्फी विकास गर्न चाहे त्यो कृषि होस, यातायात, शिक्षा, स्वास्थ्य होस सबै क्षेत्रमा समानुपातीक ढगले विकासको लहर ल्याउनका लागि मेरो उम्मेदवारी हो ।

आम मतदाता कहिले ३० गते आउँला र धुव्रलाल प्रधान तथा कांग्रेसका उम्मेदवारलाई मत हालौला भनेर आत्तुर हुनुहुन्छ ।

बन्दीपुर गाउँपालिकामा अध्यक्ष पदका लागि अन्य उम्मेदवार पनि हुनुहुन्छ, मतदाताले तपाईलाई नै किन रोज्ने ?

नेपाली कांग्रेसले अहिलेसम्म बन्दीपुरमा स्थानीय तहको चुनाव जितेको छैन । यो पटक बन्दीपुरबासीमा नेपाली कांग्रेस र कांग्रेसका उम्मेदवारलाई जिताउनुपर्छ भन्ने भावना भएको हुनाले आम सर्वसाधारणले मलाई रोजेका छन् । अन्य पार्टी र उम्मेदवार भन्दा मैले केहि गर्न सक्छ, पुरानो पार्टी हो, कांग्रेसमा सबैभन्दा अनुभवी ब्यक्ती हो, सबैलाई मान्य हुने साझा ब्यक्ती हो तथा विभिन्न संघसंस्थामा काम गरेको ब्यक्ती पनि भएको भनेर मलाई रोजेका हुन् ।

मतदाताको घरदैलोमा पुगिरहनु भएको छ, खासमा मतदातबाट चाँहि के कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?

मैले अहिले पनि घरदैलो कार्यक्रम गरिरहेको छु । आम मतदाता कहिले ३० गते आउँला र धुव्रलाल प्रधान तथा कांग्रेसका उम्मेदवारलाई मत हालौला भनेर आत्तुर हुनुहुन्छ । विगतमा पीडित, पक्षपात र भेदभावपूर्ण काम भएकाले यो पटक नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउनुको विकल्प छैन भनेर उहाँहरु लागिरहनु भएको छ ।

यो पटक बन्दीपुरबासीमा नेपाली कांग्रेस र कांग्रेसका उम्मेदवारलाई जिताउनुपर्छ भन्ने भावना भएको हुनाले आम सर्वसाधारणले मलाई रोजेका छन् ।

तपाईका चुनावी एजेन्डा चाँहि के-के छन् ?

मैले माथि नै भने बन्दीपुरको चौतर्फी विकासको लागि मेरो उम्मेदवारी हो र सोही अनुसार मैले आगामी पाँच वर्षमा गर्ने काम समेटेर प्रतिबद्धतापत्र पनि सार्वजनिक गरिसकेको छु । मैले सार्वजनीक गरेको प्रतिबद्धतालाई बुँदागत रुपमा भन्नुपर्दा मैले बन्दीपुरको शिक्षा, स्वास्थ्य, भौतीक पूर्वाधार, कृषि, यातायात, पर्यटन लगायतको क्षेत्रमा काम गर्नेछु ।

जस्तो बन्दीपुर गाउँपालिकामा रहेका विद्यालय तथा क्याम्पसहरुको स्तरोन्नति गरि आधुनिक पूर्वाधारहरुको निर्माण गर्ने, असाक्षरलाई विशेष कक्षा संचालन गरि साक्षर बनाउन लागिपर्ने, वृद्धवृद्धाहरुको स्वास्थ्य उपचार निशुल्क गर्ने ब्यवस्था गर्ने, प्रत्येक वडामा नियमीत स्वास्थ्य जाँचका लागि स्वास्थ्य शिवीरहरु संचालन गर्ने, सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने, प्रत्येक वडामा सुविधा सम्पन्न एम्बुलेन्स सेवा संचालन गर्ने, बन्दीपुरलाई सुन्दर र मनमोहक बनाउन पहल गर्ने, पर्यटकीय स्थान तथा प्रत्येक वडाहरुमा आवश्यकताअनुसार सार्वजनीक शौचालय निर्माण गर्ने, सडक र यातायात ब्यवस्थापनका लागि सडकले नछोएको वडा तथा टोलहरुमा तत्कालै बाटो ट्याक खोल्ने तथा बाँकि सडकमा योजनाबद्ध रुपमा तत्कालै कालोपत्र गर्ने, सुन्दर र सफा बाटो निर्माण गरि फुटपात्र निर्माण तथा सडकको मुख्य मुख्य बस स्टेशनमा सिसिटिभी जडान गर्ने, प्रत्येक वडाहरुलाई पालिका कार्यालयसम्म जोड्न सहुलीयत बस सेवा संचालन गर्ने, ’हाम्रो बन्दीपुर राम्रो बन्दीपुर’ को नारा लिएर बन्दीपुरलाई देशको उत्कृष्ठ पर्यटकीय स्थानको रुपमा परिणत गर्ने, पर्यटकीय क्षेत्रलाई स्थानीय जनताको जीवनसँग जोड्ने कार्यक्रमहरु संचालन गर्ने, पर्यटकीय क्षेत्रको रुपमा विकासको लागि बन्दीपुर भ्रमण वर्ष कार्यक्रम २ वर्षभित्र संचालन गर्ने, स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आकर्षित गर्न होमस्टे संचालन गर्ने तथा मौलिक सस्कृति, खानपिन रहनसहन तथा सूचनाहरु सम्प्रेषण गर्ने, सिद्ध गुफालाई विश्वकै आर्कषित, मनमोहक तथा पर्यटकीय हिसावले पच्चुर सम्भावना बोकेको स्थलको रुपमा सम्भार तथा विकसित गराई स्वदेशी पर्यटकहरु भ्रमण गर्ने खालको बनाउने, वृद्धा तथा अशक्त ब्यक्तिहरुको लागि गाउँपालिकाबाट मासिक रुपमा आर्थिक सहयोग गर्ने, महिलाको लागि विद्यालय तथा वडाहरुमा निःशुल्क सेनेटरी प्याड वितरण गर्ने, डुम्रे बजारलाई ब्यापारिक बजारको रुपमा विस्तार तथा विकसित गरि तनहुँ लमजुङ र गोरखाको ब्यापारिक केन्द्रविन्दु बनाउने, बन्दीपुरलाई देशकै सुन्तला खेतीको मेरुदण्डको रुपमा विकसित गर्ने, उत्पादित फलफूल तथ तरकारी भण्डारको लागि कोल्ड स्टोर निर्माण गन, बन्दीपुर गाउँपालिकाको उपयुक्त स्थानमा तनहुँ जिल्लाकै ठूलो बहुउद्देश्यीय खेलकुद स्टिेडियम बनाउने लगायतका एजेन्डा अगाडि सारेको छु ।

कांग्रेसले विनाभेदभाव हरेक जनताको घरैलोमा विकास पुर्याउँछ, हरेक जनताको समस्या बुझ्छ, समस्यामा साथ दिन्छ, जनताको इच्छा, चाहाना र भावनाअनुसार विकास कार्यलाई अगाडि बढाउँछ । यही कुरालाई मनन गर्दै मलाई मत दिनुस भनेर मैले भन्दै आएको छु, स्थानीय मतदाता मलाई मत दिन आत्तुर पनि हुनुहुन्छ ।

अन्तमा आम बन्दीपुरबासीलाई तपाई के अपिल गर्नुहुन्छ ?

मतदातालाई मेरो सार्वजनीक अपिल पनि छन, यस पटक नेपाली कांग्रेसलाई जिताऔं । नेपाली कांग्रेस यस्तो पार्टी हो, जो २००७ सालदेखि आज सम्म पनि जनताको पक्षमा लड्दै आइरहेको छ । त्यसकारण कांग्रेसले विनाभेदभाव हरेक जनताको घरैलोमा विकास पुर्याउँछ, हरेक जनताको समस्या बुझ्छ, समस्यामा साथ दिन्छ, जनताको इच्छा, चाहाना र भावनाअनुसार विकास कार्यलाई अगाडि बढाउँछ । यही कुरालाई मनन गर्दै मलाई मत दिनुस भनेर मैले भन्दै आएको छु, स्थानीय मतदाता मलाई मत दिन आत्तुर पनि हुनुहुन्छ । अन्तमा यही बैशाख ३० गते हुने निर्वाचनमा मलाई र नेपाली कांग्रेसका उम्मेदवारलाई अत्याधिक मत दिई विजयी गराईदिनु हुन सम्पूर्ण बन्दीपुरबासीमा हार्दिक अपिल गर्दछु । धन्यवाद ।


प्रकाशित | २३ बैशाख २०७९, शुक्रबार १०:५५