कोरिया जानेलाई अनुमति दिने सरकारी निर्णय, एनआरएनए कोरियाद्धारा खुसी ब्यक्त

काठमाडौं : सरकारले इपिएसअन्तर्गत दक्षिण कोरियामा श्रम गर्न जानेका लागि बाटो खुल्ला गरिदिएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले इपिएस पास भएकालाई कोरियासँग सहमति गरी जान दिने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी गराउनुभयो ।

लकडाउनका कारण इपिएस पास भएर पनि जान नपाएकाको अवस्था के हुने भन्ने अन्यौल रहँदै आएको थियो।  सन् २०२० का लागि कोरिया भाषा परीक्षा पास भएका १२ हजार कामदार अझै जाने क्रम सुरु भएको छैन ।

कोरोनाको महामारी अघिसम्म २०१८ र १९ का लागि पास भएकाहरु गइरहेका थिए । लकडाउनका कारण २०२० को लागि भाषा परीक्षा पास गरेकाहरुले अहिले ‘लेबर कन्ट्रयाक्ट आइरहे पनि उनीहरु जानसक्ने अवस्था थिएन ।

त्यस्तै, गैर आवासीय नेपाली संघ (एनआरएनए ) कोरियाले एनआरएनएको अनुरोधलाई सम्बोधन हुने गरि नेपाल सरकारको अप्रिल २६ तारिख आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोरियासँग सहमति गरी जान दिने निर्णय गरेकोमा खुसी ब्यक्त गरेको छ ।

एनआरएनए कोरिया अध्यक्ष यज्ञराज सुवेदी र महासचिव डा.विमल सुदेवीले एक बिज्ञप्ति जारी गर्नुहुँदै नेपाल सरकारको निर्णयको स्वागत गर्दै सरकारलाई धन्यवाद ज्ञापन गर्नुभएको हो ।

Image may contain: text


प्रकाशित | १४ बैशाख २०७७, आईतवार २३:३०