राष्ट्रपति भण्डारी बुधबार चीन जाने : पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार छिमेकी राष्ट्र चीन जाने तयारीमा जुट्नु भएको छ । ११ गते राष्ट्रपति भण्डारी नेपालबाट प्रस्थान गर्ने र १९ गते आइपुग्ने कार्यतालिका तय भएको परराष्ट्रमन्त्रालयले जनाएको छ। ९ दिने राजकीय भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता हुनेछ । त्यस्तै बेइजिङमा हुने दोस्रो बेल्ट तथा रोड मञ्चमा सहभागी हुने कार्यक्रम छ । त्यस्तै राष्ट्रपति अन्तर्राष्ट्रिय हर्टिकल्चरल प्रदर्शनीको उद्घाटन समारोहमा पुग्ने कार्यक्रम छ।

राष्ट्रपति सीले नेतृत्व गर्ने डेलिगेसनबीच दुईपक्षीय वार्ता हुँदा दुई मुलुकबीच पारवहन सम्झौताको प्रोटोकलमा हस्तक्षर हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस्तै राष्ट्रपति भण्डारीले दुई देशका व्यावसायिक क्षेत्रका प्रतिनिधिको सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यतालिका बनेको छ । राष्ट्रपतिले साङ्सी प्रदेशको राजधानी सिआन तथा तिब्बतको राजधानी ल्हासाको भ्रमण गर्ने पनि तालिका बनाइएको छ ।


प्रकाशित | ८ बैशाख २०७६, आईतवार ०९:१४