भारतीय दूतावासको कम्पेक्स छात्रवृत्ति बारे कृष्णा फाउन्डेसनको जानकारी

काठमाडौं : भारतीय दूतावास को कम्पेक्स छात्रवृत्ति बारे कृष्णा फाउन्डेसन ले नेपाली विद्यार्थीलाई जानकारी गराएको छ। भारतीय दूतावासले नेपाली विद्यार्थीहरुलाई विशेष गरी B.E, B.Tech, Pharmacy, B. Pharma, Agriculture, Food Technology, B.Sc.Nursing, लगायतकका undergraduate कोर्सहरूका लागी छात्रवृत्ति प्रदान गर्ने गरेको छ। COMPEX 2022 स्कलरसिप स्किम का लागी नोटिस आइसकेको छ भने विद्यार्थीहरुले मे ७ तारिख भित्र आफ्नो फर्म भरिसक्नु पर्नेछ।

सोही कुरालाई जानकारी गराउने उद्देश्यले, कृष्णा फाउन्डेसनले बिद्यार्थीहरुलाई भारतीय दूतावासको वेबसाइट मा रहेको COMPEX 2022 स्कलरसिप स्किमका बारेमा बुझ्नका लागी आह्वान गरेको छ।

कृष्णा फाउन्डेसनका एकेडेमिक डाइरेक्टर सुजित कर्ण भन्नुहुन्छ, “भारतीय दूतावासले शिक्षा मन्त्रालय मार्फत दिने कम्पेक्स स्कलरसिपमा ईन्जिनियरिङ्, फार्मेसी, एग्रीकल्चर, बि.एस.सी फूड टेक्नोलोजी र नर्सिङ कोर्सहरुमा दिने यस छात्रवृत्तिमा खान, बस्न, पढाइ लगायतका थुप्रै कुराहरू समावेश हुँदै आएको छ।”

विशेषगरी कृष्णा फाउन्डेसनले भारतका उत्कृष्ट विश्वविद्यालयहरूलाई आँफुले प्रवर्द्धन गर्दै आइरहएको छ साथै COMPEX स्कलरसिपको माध्यम बाट पनि ती विश्वविद्यालय हरुमा जानका लागी आह्वान गरेको छ। विद्यार्थीहरूले आफ्ना एकेडेमिक रेकर्ड र प्रतिस्पर्धाका आधारमा भारतका विभिन्न विश्वविद्यालयहरु मध्यमा केही बिश्वबिद्यालयलाई मात्रै प्राथमिकता का रूपमा छान्नु पर्ने हुन्छ।

यही कुरालाई लिएर धेरै विद्यार्थीहरू अनिर्णयको बन्धी हुने हुँदा सोही भ्रम लाई चिर्न कृष्णा फाउन्डेसन का अध्यक्ष सन्तोष कुमार चौधरी यसरी प्रस्ट पार्नु हुन्छ, “आँफुलाई के के प्रमाण पत्रहरू चाहिन्छ त्यो हेर्न बिद्यार्थीले भारतीय दूतावासको वेबसाइटमा गएर हेर्न सक्नु हुन्छ। यसै गरी २२० जनाले भारतीय दूतावास बाट दिइने स्कलरसिप पाउने हो। त्यसैले म भन्छु यदि तपाईंले Compex Scholarship पाउनु भएन भने पनि Symbiosis University, VIT University, Valore, SRM University, Jain University, Vignan University जस्ता विश्वबिद्यालय हरुले नेपाली विद्यार्थीका लागी मेरीटका आधारमा सोझै ४० देखि ५० प्रतिशत सम्म स्कलरसिप दिइराखेको छ।”


प्रकाशित | २१ बैशाख २०७९, बुधबार २२:२६