राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवास पुग्नु भएको हो ।
यसअघि उहाँले शनिबार विहान खुमलटार पुगेर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नु भएको थियो ।
त्यहाँबाट फर्किने क्रममा पुल्चोकस्थित मन्त्री क्वाटरमा पसेर गृहमन्त्री रामबहादुर थापा बादललाई पनि प्रधानमन्त्री ओलीले भेट्नु भएको थियो ।


प्रकाशित | ४ पुष २०७७, शनिबार १८:१८