मिस नेपाल २०२० को आवेदन दिन के गर्नुपर्छ ?

काठमाडौं:  मिस नेपाल २०२० को आवेदन खुला गरिएको छ । २०२० मे १५ मा नयाँ मिस नेपाल घोषणा गर्ने तयारी अनुसार आवेदन खुल्ला गरिएको हो । सोमबारबाट खुला गरिएको मिस नेपालको आवेदन मार्च २७ गतेसम्म भर्न सकिने छ ।

आवेदन फर्म मिस नेपालको वेबसाइटमा गएर निःशुल्क भर्न सकिने छ । आयोजक हिडन ट्रेजरका निर्देशक दिवाकर राजकर्णिकरले मिस नेपालको अडिसन देशको विभिन्न नौ सहरमा हुने जानकारी दिनुभयो । अडिसन हुनेमा स्थानहरुमा काठमाडौं, चितवन, धनगडी, नेपालगंज, बुटवल, पोखरा, वीरगञ्ज, धरान र विर्तामोड रहेका छन् ।

मिस नेपालमा सहभागी हुन १९ वर्षदेखि २६ वर्षसम्मको अविवाहित युवती हुनुपर्नेछ । ५.४ इन्च हाइट भएको नेपाली नागरिकता वा नेपाली पासपोर्ट भएकाहरुले मात्र आवेदन दिन पाउने बताइएको छ ।


प्रकाशित | १४ फाल्गुन २०७६, बुधबार २१:१५