म भए प्रधानमन्त्रीबाट राजीनामा दिन्थेः बामदेव गौतम

काठमाडौँ । नेकपाका नेता एवं राष्ट्रिय सभा सदस्य बामदेव गौतमले पार्टी विभाजनको कुनै औचित्य नरहेको बताउनु भएको छ । बिहीबार राष्ट्रिय सभामा संबोधन गर्दै उहाँले गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नुअघि आफूलाई जानकारी नदिएको उल्लेख गर्नु भएको हो ।
आफ्नो विरुद्धमा अविश्वासको प्रस्ताव आउँछ भन्ने थाहा पाएको अवस्थामा यदी आफू प्रधानमन्त्री भएको भए राजीनामा गर्ने उहाँले बताउनु भयो ।
९ महिनादेखि आलोचना गर्ने समूहको बैठकमा रहेर पनि आफूले अविस्वासको प्रस्ताव असफल गराउँदै आएको पनि उहाँले खुलासा गर्नु भएको छ ।


प्रकाशित | २३ पुष २०७७, बिहीबार १६:१२