स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको लेखा समितिको निष्कर्ष !

काठमाडौँ । संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको निष्कर्ष निकालेको छ । सोबारे थप छानबिन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने निर्णय गरेको छ ।

स्वास्थ्य सेवा विभागले कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि चाहिने औषधि तथा स्वास्थ्य सामाग्री खरिद गर्न १२ चैत २०७६ मा ओम्नी बिजेनस कर्पोरेट इन्टरनेसनल (ओम्नी समूह) सँग सम्झौता गरेको थियो ।

सम्झौता अनुसार ओम्नी समूहले १६ गते पहिलो लटमा सामान पनि ल्याएको थियो, तर महँगोमा सामान खरिद भएको भनेर विरोध हुनुका साथै थप सामाग्री ल्याउन नसकेपछि १९ चैतमा सम्झौता रद्द भयो ।
लेखा समितिले गरेको अध्ययनमा भने खरिद प्रक्रिया नियमसंगत नभएको पाइएको छ ।


प्रकाशित | ४ पुष २०७७, शनिबार ०८:२४