गृह मन्त्रालयद्धारा ११ जिल्लाका सीडीओको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले ११ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ । शुक्रबार मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्रालयले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो।

मन्त्रालयले ललितपुर, धनकुटा, महोत्तरी, गुल्मी, रामेछाप, भोजपुर, खोटाङ, डोल्पा, मुगु, पाँचथर र तेह्रथुम जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो ।


प्रकाशित | ३ पुष २०७७, शुक्रबार १५:५५