एनआरएनए कतारद्धारा नेपालीलाई राहत वितरण जारी, सातौं चरणमा १५० जनालाई वितरण

कतार : गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले समस्यामा परेका नेपाली कामदारलाई राहत वितरण जारी राखेको छ । कोभिड प्रभावित विभिन्न क्षेत्रम रहेका नेपालीलाई राहत वितरण कार्य जारी राखेको हो ।

त्यसै सिलसिलामा पछिल्लो समय १५० जना पीडित नेपाली श्रमिकहरुलाई खाद्यान्नको प्याकेज बितरण गरिएको छ ।  एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुत्तदा मुसलमानको विशेष पहलमा कतार च्यारिटीबाट प्राप्त खाद्यान्नको राहत प्याकेज सातौं चरणमा अन्तर्गत कतारको विभिन्न ठाउँमा रहेका १५० जनालाई वितरण गरिएको हो ।

नेपाली श्रमीकहरुलाई १५ दिनका लागि पुग्ने खाद्यान्नको प्याकेज वितरण गरिएको अध्यक्ष मुसलमानले जानकारी गराउनुभयो ।

Image may contain: 1 person, standing, shoes and basketball court

राहत बितरण कार्यक्रममा आईसीसी सल्लाहकार टिवी कार्की, मध्यपूर्व संयोजक प्रबिण गुरुङ्ग, आईसीसी सदस्य रमेश भट्ट, एनसीसी अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, राहत तथा उद्दार समिति संयोजक उत्तम गुरुङ, एनसीसी महासचिव पदम गिरी, एनसीसी सदस्यहरु झबिन्द्र आचार्य, गजेन्द्र राई, अर्सद खान, एनसीसी राहत तथा उद्दार समिति सदस्यहरु र सम्पुर्ण स्वयंसेवकहरुलगायतको उपस्थिति थियो ।


प्रकाशित | ६ जेष्ठ २०७७, मंगलवार १४:२१