एनआरएनएमा ‘एमआईएस’ मार्फत सदस्यता वितरणको बाटो खुल्यो

एनसिसीको आवश्यकताको आधारमा परिमार्जन गर्न सकिने

काठमाडौं । गैर आवासीय नेपाली संघमा लामो प्रयासपछि नयाँ एमआईएस (मेम्बर इन्फरमेसन सिस्टम ) लागु भएको छ । गैर आवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माले विश्वभर छरिएका राष्ट्रिय समितिलाई एमआईएस मार्फत सदस्यता वितरण गर्न निर्देशन दिनुभएको छ । संघको नयाँ निर्देशन अनुसार अब राष्ट्रिय समितिले केन्द्रीय प्रणाली अनुसार पन्जिकृत सदस्यता वितरण गर्न बाटो खुलेको छ ।

संघका सचिव तथा स्मार्ट एनआरएनएका संयोजक गौरी राज जोशीले एमआईएस नयाँ फिचरसहित ल्याइएको जानकारी गराउनुहुँदै एनसिसीको आवश्यकतका आधारमा परिमार्जन गर्न सकिने बताउनुभएको छ ।

गैर आवासीय नेपाली संघका हरेक सदस्यको अधिकारको लागि दस्तावेज सुरक्षीत गर्ने उद्देश्यले ल्याइएको एमआईएसमार्फत सदस्यता वितरण लागू भएको बताउनुभयो । जोशीले स्मार्ट एनआरएन प्रोजेक्ट अन्तरगका ११ वटा कम्पोनेट मध्धे एमाआईएस एउटा सिस्टम भएको पनि जानकारी गराउनुभयो ।

त्यसका लागि राष्ट्रिय समितिले आ-आफ्नो देश अनुकुल सदस्यता वितरणलाई सहजिकरण गर्न एनआरएनएको सचिवालयमा सम्पर्क राख्न सक्ने छन् ।

नयाँ एमआईएसमा दर्ता नहुने राष्ट्रिय समितिको संघसंगको अबद्धता विधान अनुरुप खारेज हुन सक्नेछ । एमआईएस मार्फत सदस्यता लिन चाहनेहरुको लागि छिटै आईओएस र एन्ड्रोइड फोनमा एप उपलब्ध हुनेछ।

नयाँ सिस्टममा पेपल मार्फत सदस्यता शुल्क तिर्न सकिने बताएको छ । एमआईएस अन्तरर्गत अनलाइन भोटिङ्ग, प्रतिनिधी दर्ता, परिचयपत्र, उनीहरुले पाउने सुविधा लगायतका सेवाहरु रहेका छन् ।

संघले सदस्यहरुको व्यक्तिगत विवरणलाई अन्तराष्ट्रिय मापदण्ड अनुरुप छुट्टै क्लाउडमा राख्ने व्यवस्था गरेको छ । नयाँ सिस्टममा सदस्यहरुले आफ्नो छुट्टै एकाउण्ट खोलेर व्यक्तिगत विवरण अपडेट गर्न सक्ने सुविधा रहेको छ ।


प्रकाशित | ३ पुष २०७७, शुक्रबार ०९:२५