सानेपामा ट्रक्रले भ्यानलाई किच्दा दुईको मृत्यु, एक घाइते

ललितपुर : सानेपामा ट्रक्रले भ्यानलाई किच्दा दुई जनाको मृत्यु भएको छ । बिहान ना १ घ ५३३ नम्बरको ट्रक पल्टिएर बा ७ च २१३१ नम्बर भ्यानलाई किच्दा दुर्घटना भएको हो । ट्रक्र पल्टिएर भ्यानलाई किच्दा भ्यान चालकसहित २ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार दोलखा ठूलोपाखरका भ्यान चालक ४० वर्षका इन्द्रबहादुर सुनार र धनुषाकी ४० वर्षकी डोल्मा शेर्पाको उपचारको क्रममा जावलाखेलमा रहेको अल्का अस्पतालमा ज्यान हो । दुर्घटनामा घाइते धनुषा घर भई ललितपुरको बुङ्गमती बस्दै आएकी स्मृती मगरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित | २२ चैत्र २०७५, शुक्रबार १५:१७