चेतन गुरुङ एनआरएनए केन्द्रीय खेलकुद बिभागको प्रबन्धकमा नियुक्त

काठमाडौँ । गैरआवासीय नेपाल संघ (एनआरएनए) केन्द्रीय खेलकुद बिभागको प्रबन्धकमा चेतन गुरुङ नियुक्त हुनु भएको छ ।

लालीगुँरास एसोसियन(एलजी) हङकङका संयोजक गुरुङलाई तेक्वान्दो बिभागको प्रशिक्षकको पनि जिम्मेवारी दिइएको छ ।
अन्तराष्ट्रिय स्तरमा खेलकुद क्षेत्रमा योगदान दिनु भएका गुरुङ कुशल तेक्वान्दो प्रशिक्षक पनि मानिनु हुन्छ । गुरुङ हङकङमा बिभिन्न व्यवसायमा आबद्द रहनु भएको छ । उहाले बिधालय स्तरका बालबालिकाहरुलाई पनि तेक्वान्दोको कक्षा दिंदै आइरहनु भएको छ ।


प्रकाशित | २ पुष २०७७, बिहीबार १४:३६