नेयमारलाई बेच्ने पीएसजीको संकेत

एजेन्सी: फ्रान्सेली क्लब पीएसजी स्टार खेलाडी नेयमारलाई पीएसजीले राम्रो प्रस्ताव आएको खण्डमा यसै समर विन्डोमा  बेच्न तयार देखिएको छ ।

नेयमारलाई लिएर यतिखेर स्पेनिस क्लब बार्सिलोना र रियल मड्रिडले चासो देखाईरहेका छन् ।उनी सन् २०१७ मा कीर्तिमानी मुल्य २ सय २२ मिलियन पाउण्डमा फ्रान्सेली क्लब आएका थिए ।

ब्राजिली स्टार नेयमार कोपा अमेरिका प्रतियोगिता अगाडी चोट बोकेका थिए । पैतलाको लिगामेन्टमा गम्भिर चोट लागेपछि उनी एक महिना मैदान बाहिर छन् । उनले पीएसजीबाट ५८ खेलमा ५१ गोल गरेका छन् ।

नेयमार बार्सिलोना फर्कने चर्चा चलिरहेको समय रियल मड्रिडले समेत पीएसजी स्टारद्वय नेयमार र केलियन एम्बाप्पेमा चासो देखाएको थियो ।बार्सिलोनाका लियोनल मेस्सीले समेत नेयमारलाई क्लबमा फर्काउन गराउन आग्रह गरेका थिए ।


प्रकाशित | २ असार २०७६, सोमबार ११:१८