विश्वभर एकैदिन १३ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा १३ हजार १५९ जना कोरोना संक्रमितको मृत्यु भएको छ

एकै दिन मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो ।

यसअघि एकैदिन १३ हजार संक्रमितको मृत्यु भएको थिएन । चीनको वुहानबाट सुरू भएको संक्रमण हालसम्म विश्वका २१८ मुलुकमा फैलिएको छ ।
विश्वभर हालसम्म १६ लाख ५४ हजार ६२ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म कुल संक्रमितको संख्या ७ करोड ४४ लाख ८२ हजार ४१६ पुगेको छ । त्यसमध्ये ५ करोड २३ लाख १४ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् ।


प्रकाशित | २ पुष २०७७, बिहीबार ०८:५७