आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नहुने

काठमाडौं– प्रतिनिधिसभाको शुक्रबार बस्ने बैठकमा पनि एमसीसी टेबल नहुने भएको छ । दिउँसो १ बजे बस्ने बैठकमा एमसीसी सम्झौता टेबल गर्ने सरकारी तयारी भए पनि एमसिसी संसद सचिवालयको कार्यसूचीमा परेको छैन ।

संसद् सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गर्नुभएको कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘आदिवासी जनजाति आयोगको प्रतिवेदन आर्थिक वर्ष २०७७/७८’ पेश गर्ने एउटा मात्र प्रस्ताव छ ।

यद्यपि, सभामुख अग्निप्रसाद सापकोटाले कार्यसूचीको सन्दर्भमा छलफलका लागि विहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ । 


प्रकाशित | ५ फाल्गुन २०७८, बिहीबार २२:१८