नेपालमा ७३६ जना नयाँ कोरोना संक्रमित भेटिए

काठमाडौँ । नेपालमा कोरोना भाइरसका ७३६ संक्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा ८४७ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरणमा उल्लेख गरिएको छ । थपिएका संक्रमितसँगै नेपालमा कोरोना भाइरसका कुल संक्रमित दुई लाख ५० हजार ९१६ पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा पाँच हजार ५५५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । मन्त्रालयले हालसम्म १८ लाख ४९ हजार १३६ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ ।


प्रकाशित | १ पुष २०७७, बुधबार १६:५०