पोखरा : गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै गण्डकीमा कोरोना सङ्क्रमितको संख्या ५ सय ४ पुगेको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदबिन्दु शर्माका अनुसार बाग्लुङ, पर्वत, तनहुँ र म्याग्दीमा गरी १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

बाग्लुङमा ९ जना सङ्क्रमित थपिएका छन् । त्यस्तै म्याग्दीमा ४ जना थपिएका हुन् । पर्वतमा २ र तनहुँमा १ जनामा सङ्क्रमण पुष्टि भएका हुन ।
प्रकाशित | ७ असार २०७७, आईतवार ०८:३३