मनाङ : मनाङका पनि नेपाली कांग्रेसले सरकार विरुद्ध पदर्शन गरेको छ । नेपाली काँग्रेस मनाङका सभापति एवं पूर्वमन्त्री टेक बहादुर गुरूङको निर्देशनमा उपसभापति यज्ञ प्रसाद घलेको अध्यक्षतामा मनाङ जिल्लाको चामेमा सरकार विरुद्ध विरोध कार्यक्रम सम्पन्न गरिएको हो ।

सो कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता सुरेश थकालीले कार्यक्रम संचालन गर्नुभएको थियो भने यूवा नेता धन बहादुर गुरुङ, नेपाल तरुण दल मनाङका सचिव यज्ञ घलेले पनि कार्यक्रममा संम्बोधन गर्नुभएको थियो ।



प्रकाशित | ३० मंसिर २०७७, मंगलवार १७:४७