कोरोना विरुद्धको खोप ल्याउन सरकार छलफलमा जुट्यो


काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप नेपाल ल्याउनका लागि सरकार छलफलमा जुटेको छ । कोरोनाविरुद्धको खोप सरकारी वा निजी क्षेत्रमध्ये कसले ल्याउने, खोप आएपछि कसरी व्यवस्थापन गर्ने, खोप लगाएपछि साइड इफेक्ट भएमा को जिम्मेवार हुने लगायतका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा छलफल भइरहेको हो ।

कोरोनाविरुद्धको खोप नयाँ भएकाले त्यसको साइड इफेक्ट देखिएर गम्भीर समस्या सृजना हुन सक्ने भएकाले खोप खरिद गर्दा सही निर्णय गरेर मात्रै आयत गर्नुपर्ने छलफलमा विज्ञहरुले सुझाव दिएका छन् ।

नेपालमा करिब ७२ प्रतिशतलाई कोरोनाविरुद्धको खोप चाहिने अनुमान गरिएको छ । २० प्रतिशत खोप कोभ्याक्सले उपलब्ध गराउने भएको छ । त्यसबाहेक ५२ प्रतिशत खोप नेपाल आफैले खरिद गर्नुपर्छ ।


प्रकाशित | २९ मंसिर २०७७, सोमबार १६:३७