पराइ पनि आफ्नो लाग्छ, धेरै नजिक सर्दा खेरी ।
हरेक दुःख आफ्नो ठानी, सहयोग गर्दा खेरी ।
नांगो हुँदा बस्त्र हजुर, भोको हुँदा भोजन दिई,
दिलभित्रको भकारीमा, चोखो माया भर्दा खेरी ।
उन्नति र प्रगतिको, लागि मैँले पाइला चाल्दा,
काँडा सबै पन्छाएर, बाटोमा फुल् छर्दा खेरी ।
भावनाको डुँगा भित्र, बसी मिठो गफ गर्दै,
माया रुपी सागर त्यो, उनी सँगै तर्दा खेरी ।
के भो सानू नरोउ भनी, हातले आँशु पुछिदिँदा,
वर्षादको भेल् झै आँखा, बाट झर्दा खेरी ।
प्रकाशित | २७ मंसिर २०७७, शनिबार २०:१२