अब चरिकोटबाटै काकडभिट्टासम्म बस सेवा

दोलखा: अब झापाको काकडभिट्टासम्म  दोलखा सदरमुकाम चरिकोटबाटै बस सेवा उपलब्ध हुने भएको छ । रोल्वालिङ यातायात सहकारी संस्था लि, अरनिको यातायात सेवा समिति, बिपी यातायात तथा पूर्वको मेची यातायातको संयुक्त पहलमा बुधवारबाट दोलखा–झापा बस सेवा  सञ्चालनमा आएको हो ।

रोल्वालिङ यातायात सहकारी संस्थाका अध्यक्ष बालकृष्ण आचार्यले काकडभिट्टा जान लागेको रोल्वालिङ यातायात सहकारीमा आवद्ध बसका चालकलाई खादा लगाई चरिकोट–काकडभिट्टा बस सेवा सञ्चालन भएको औपचारिक रुपमा जानकारी गराउनुभयो । एउटा बस दैनिक चरिकोटबाट अपरान्ह २ बजे काकडभिट्टाको लागि छुट्ने छ भने काकडभिट्टाबाट अपरान्ह २ बजे चरिकोटका लागि छुट्नेछ । यसअघि चरिकोट–काकडभिट्टा बस सेवा सञ्चालन हुनुअघि चरिकोटबाट बर्दिवाससम्म बससेवा सञ्चालनमा थियो ।


प्रकाशित | १ जेष्ठ २०७६, बुधबार २०:४४