‘कबड्डी कबड्डी कबड्डी’को शीर्ष गीत रिलीज (भिडियो )

काठमाडौँ : फिल्म ‘कबड्डी कबड्डी कबड्डी’को शीर्ष गीत रिलीज भएको छ । गायक काली प्रसाद बास्कोटाको स्वर तथा शब्द रहेको गीतमा सनी सुनामको संगीत रहेको छ । उक्त गीतमा काली प्रसादसँगै दयाहाङ राई, उपसना सिंह ठकुरी, अनुपम शर्मा फिर्चड रहेको छ । रामबाबु गुरुङले निर्दशन गरेको उक्त फिल्ममा मनी राम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियारको लगानी रहेको छ । असोज ३ गते देखि प्रर्दशन हुने फिल्ममा दयाहाङ राई, उपसना सिंह ठकुरीसँगै कर्मा शाक्य, विल्सन विक्रम राई र बुद्धि तामाङ लगायत कलाकारहरुले अभिनय गरेका छन् ।


प्रकाशित | २८ श्रावण २०७६, मंगलवार ०९:४१