२४ घण्टामा थप ६५८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टमा थप ६५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारको तुलनामा सोमबार संक्रमण संख्या बढेको हो ।

पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ८१ पीसीआर र ३ हजार २ सय ६२ एन्टिजेन परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट ४०५ र एन्टिजेन परीक्षणबाट २५३ जनामा संक्रमण पुष्टि भएको हो ।त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ ।

यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९ सय ९३ पुगेको छ भने नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार २ सय ९६ पुगेको छ ।


प्रकाशित | ६ भाद्र २०७९, सोमबार १६:३६