ओली नेतृत्वको सरकार आफ्नै कारणले ढल्ने कांग्रेस सभापति देउवाको भविष्यवाणी

धनगगढी : पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले सुनाउन र भन्न लायक एउटै काम नगरेको बताउनुभएको छ । ‘वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार आफ्नै कारणले ढल्ने भविष्यवाणी गर्दै सभपाति देउवाले जनताको पक्षमा काम गर्न नसकेपछि कसैले ढाल्नु पर्दैन आफनै कारणले ढल्छ’, सभापति देउवाले प्रेस युनियन कैलाली शाखाले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भन्नुभयो ।

सभापति देउवाले एक वर्षसम्म पनि कुनै काम नभएको भन्दै सरकार आफ्नै कारणले विघटन हुने भविष्यणी गर्नुभयो । वर्तमान सरकार गठन भएपश्चात मुलुकमा हत्या हिंसामा वृद्धि भएको उहाँको भनाइ छ । ‘सरकारले उपलब्धिमूलक केही काम गरेको छैन’ सभापति देउवाले भन्नुभयो ‘बरु सरकार गठन भएपछि हत्या हिंसा बढिरहेको छ।’


प्रकाशित | १ बैशाख २०७६, आईतवार १४:५७