ज्येष्ठ नागरिकमैत्री बन्दै चाँगुनारायण नगरपालिका, मिलन चौतारीलाई विस्तार गर्दै आरोग्य केन्द्रका रुपमा विकास गर्ने नीति

भक्तपुर : चाँगुनारायण नगरपालिका ज्येष्ठ नागरिकमैत्री बन्दै गएको छ । नगरपालिकाले ज्येष्ठ नागरिकका लागि मिलन चौतारीको विस्तार एवं ब्यवस्थापनका साथै सबै मिलन चौतारीलाई आरोग्य केन्द्रका रुपमा क्रमश विकास गर्ने नीति लिएको छ ।

नगर प्रमख जीवन खत्रीले ज्येष्ठ नगारिकको सम्मान कार्यक्रमदेखि ज्येष्ठ नागरिकमा रहेका ज्ञान, सिप दक्षतालाई पुस्तान्तरणका लागि आवश्यक कार्यक्रम सञ्चालनको ब्यवस्था मिलाउने नीति तथा कार्यक्रममा समावेश गरिएको बताउनुभयो ।

नगर प्रमुख खत्रीले ज्येष्ठ नागरिक, पूर्ण र अति अशक्त अपागंगता भएका ब्यक्तीहरुलाई चाँगुनारायण अस्पतालबाट प्रवाह हुन सक्ने स्वास्थ्य उपचार सेवा निःशुल्क उपलब्ध गराइने पनि नीति लिएको जानकारी गराउनुभयो ।


प्रकाशित | ११ श्रावण २०८०, बिहीबार २१:१५