इन्ग्लिश प्रिमियर लिग: फोडेनको गोलमा सिटी शीर्ष स्थानमा

एजेन्सी : साविकको विजेता म्यानचेस्टर सिटी इन्ग्लिश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा टोटेनहमलाई १-० गोल अन्तरले पराजित गर्दै सिटी शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन युवा खेलाडी फिलिप फोडेनले निर्णायक गोल गरे । इतिहाद स्टेडियममा सिटीको जितमा फोडेनले खेलको पाँचौ मिनेटमा निर्णायक गोल गरेका थिए ।

जितसंगै शीर्ष स्थानमा उक्लिएको सिटीले ३४ खेलबाट ८६ अंक जोडेको छ । सिटीले लिभरपुललाई १ अंकले पछि पार्दै शीर्ष स्थान हात पारेको हो । लिभरपुलको ५५ अंक छ । पराजित टोटेनहम ६७ अंक जोडेर तेस्रो स्थानमा छ ।


प्रकाशित | ७ बैशाख २०७६, शनिबार २०:४६