ओखलढुंगासहित नेपालमा कोरोना संक्रमित जिल्ला ७६ पुग्यो, सोमबार कुन जिल्लामा कति ?

काठमाडौं : नेपालमा कोरोना संक्रमित जिल्ला ७६ पुगेको छ । ओखलढुंगामा पनि कोरोना संक्रमित भेटिएपछि संक्रमित जिल्ला ७६ पुगेको हो । सोमबार ओखलढुंगामा पहिलो पटक एक जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म रसुवा जिल्लामा मात्र कोरोना संक्रमित भेटिएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार नेपालमा ५ सय ३५ नयाँ संक्रमित भेटिए । सोमबार भेटिएका ५ सय ३५ जनामध्ये ७४ जना महिला र ४ सय ६१ जना पुरुष रहेको मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा कुल संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ । जसमध्ये ८ सय ९४ महिला र ८ हजार ६ सय ६७ पुरुष छन्।

Ministry of Health and Population-Nepal को फोटो।

सोमबार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा मोरङका ८ जना र सप्तरीका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका ३ जना र मोरङका ४ जनामा संक्रमण पुष्टि भएको छ। गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सप्तरीका ११ जना संक्रमित भटिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अछामका २ जना, अर्घाखाँचीका ९ जना, बैतडीका १४ जना, डडेल्धुराका १५ जना, डोटीका ७ जना, गुल्मीका १ जना, जाजरकोटका १ जना, कैलालीका ५८ जना, नवलपरासीका ५ जना, सर्लाहीका ४७ जना, सिन्धुपाल्चोकका २ जना, सिरहाका २३ जना, स्याङजाका २० जना, पाल्पाका १० जना, प्यूठानका २४ जना, रौतहटका ३४ जना र रुपन्देहीका ९ जनामा संक्रमण पाइएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका १० जना, महोत्तरीका १ जना र सप्तरीका २ जना, भरतपुर अस्पताल प्रयोगशालमा चितवनका ५ जना र नवलपरासी पूर्वका १६ जना, धुलिखेल अस्पतालमा ओखलढुंगाका १ जना र गुल्मीका ४१ जनामा संक्रमण भेटिएको मन्त्रालयले जनाएको छ।

Ministry of Health and Population-Nepal को फोटो।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्याङजा र तनहुँका १÷१ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा नवलपरासी पूर्वका ८ जना, स्याङका १२ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्मीका १४ जना, पाल्पामा ८० जना, रुपन्देहीमा ३ जना र प्यूठानका ६ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा दाङका १३ जनामा संक्रमण भेटिएको छ।

हालसम्म देशभर १३ जिल्लामा २ सय भन्दा बढी कोरोना संक्रमित भेटिएका छन्। सबैभन्दा बढी रौतहटमा १ हजार १ सय ४६, दैलेखमा ७२६, कपिलवस्तुमा ७०५, सर्लाहीमा ६१४, महोत्तरी ५२७, सुर्खेतमा ३ सय संक्रमित भेटिएका छन्। त्यसैगरी, दाङमा २९६, धनुषामा २७८, रुपन्देहीमा २७०, बाँकेमा ३४४, कैलालीमा २९० र अर्घाखाँची २४९ कोरोना संक्रमित भेटिएका छन्।

देशभर २५ जिल्लामा कोरोना संक्रमितको संख्या २ सय पुग्ने अवस्था छ भने ३८ जिल्लामा संक्रमितको संख्या सय भन्दा कम छ।

Ministry of Health and Population-Nepal को फोटो।

प्रकाशित | ८ असार २०७७, सोमबार २०:४२