अछाममा बस खस्दा एकको मृत्यु, १७ घाइते

अछाम — मंगलसेनबाट धनगढीतर्फ गइरहेको बस सोमबार मार्कुमा दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु हुनुका साथै १७ जना घाइते भएका छ्न् । जिल्ला प्रशासन कार्यालयका अनुसार ना४ख ९९७२ नम्बरको यात्रुवाहक बस सोमबार बिहान सडकबाट खसेको हो ।

मृत्यु हुनेमा साँफेबगर नगरपालिका(३ का १९ वर्षीय नीरज कुँवर रहेको स्थानीयले जनाएका छन् ।

चालकसहित १८ जना सवार रहेको उक्त बस सडकबाट खसेको प्रारम्भिक जानकारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अहिलेसम्म ७ जनालाई थप उपचारका लागि बयालपाटा अस्पतालमा ल्याइएको छ ।


प्रकाशित | १५ मंसिर २०७७, सोमबार १३:४६