सन्दीपलाई पहिलो ओभरमै विकेट

काठमाडौं:  नेपाली स्पिनर सन्दीप लामिछानेले आईपीएल अन्तर्गत दिल्ली क्यापिटल्स र किंग्स ११ पन्जावबीच जारि खेलमा आफ्नो पहिलो ओभरमा नै विकेट लिएका छन् । उनले विश्वकपका लागि भारतीय टोलीका समेत सदस्य रहेका केएल राहुलको विकेट लिएका हुन् ।

टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको दिल्लीले सन्दीपलाई दोस्रो ओभरमै बलिङको जिम्मेवारी दिएको थियो । पहिलो बलमा केएल राहुलले सन्दीपलाई छक्का प्रहार गरे । दोस्रो बल सन्दीपले डट गराए । तेस्रो बलमा राहुलले चौका प्रहार गरे ।

चौथो बलमा भने सन्दीपले विकेटकीर ऋषव पन्तबाट राहुललाई १२ रनमा स्टम्पिङ्ग आउट गराए । लेग अम्पायरले थर्ड अम्पायरलाई रिफर गरेपछि रिप्लेमा राहुल आउट भएका थिए । सन्दीपले पाँचौ बलमा मयंक अग्रवाललाई डट गराउँदा छैटौं बलमा १ रन दिए । सन्दीपले सम्रगमा पहिलो ओभरमा ११ रन खर्चेर १ विकेट लिएका छन् ।


प्रकाशित | ७ बैशाख २०७६, शनिबार २०:४१