प्रतिमा शिवाकोटीको गजल संग्रह -भाग ४

भन प्रिया यति ठूलो, विश्वासघात किन भयो ?
जुन बिनाको रात अनि, घाम बिनाको दिन भयो ।

अति राम्रो नमुना यो, पिरतीको बन्नलाई
धेरै वर्ष लाग्यो तर, नासिन एक छिन भयो ।

संसारको सबै चिज, पैसाले नै किनिदिने,
स्वार्थी दुनियाँमा चोखो, माया मूल्य हिन भयो ।

गरेका ति बाचाहरु, हाँस खेलमा बितेका पल,
सधै दिल खोपिरने, धारिलो त्यो पिन भयो ।

नचिने झै नदेखे झैँ, तर्की तर्की हिडेपछि,
अरु सामु आफनै मान्छे, भन्नलाई घिन भयो।

कालिञ्चोक गाउँपालिका ८, दोलखा, सुनखानी


प्रकाशित | १३ मंसिर २०७७, शनिबार ०९:०९