संसद्को हिउँदे अधिवेशनको तयारी शूरु, अधिवेशन पुस १७ भित्र बोलाइसक्नुपर्ने

काठमाडौँ – सङ्घीय संसद् सचिवालयले हिउँदे अधिवेशनको तयारी शूरु गरेको छ । बर्खे अर्थात बजेट अधिवेशन सकाएर बन्द गरिएको संसद् अधिवेशन शूरु गर्ने तयारी थालीएको हो ।

एक अधिवेशन र अर्को अधिवेशन बीचको अन्तर छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक प्रावधान अनुसार पुस १७ भित्र हिउँदे अधिवेशन शूरु गरिसक्नुपर्ने भएपछि संसद सचिवालयले तयारी थालेको हो ।

बजेट अधिवेशन लामो समय नचल्दा कतिपय महत्वपूर्ण विधेयक लामो समयदेखि संसद्मा विचाराधीन छन् । दुवै सदनमा गरी विभिन्न चरणमा ५० वटा जति विधेयक विचाराधीन छन् ।

वार्षिक बजेट तथा संविधान संशोधन विधेयक पारित भएपछि गत असार १८ गते अधिवेशन अन्त्य गरिएको थियो । उक्त समय सीमा अनुसार ढिलामा पनि अब पुस १७ भित्र अधिवेशन प्रारम्भ भइसक्नुपर्नेछ । अधिवेशनको प्रारम्भ मन्त्रिपरिषद्को सिफारिसपछि राष्ट्रपतिबाट बैठक आह्वान भएपछि हुनेछ ।


प्रकाशित | ४ मंसिर २०७७, बिहीबार १०:४१