आज भोटो देखाइने जात्रा: काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं : आज उपत्यकामा भोटो जात्रा मनाइँदै छ । भोटो जात्रा पर्वका अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । भोटो जात्रा देखाउने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित हुने कार्यक्रम रहेको छ । त्यस्तै, विशिष्ट व्यक्तिहरू उपस्थित हुने कार्यक्रम रहेको गुठी संस्थान ललितपुरले जनाएको छ ।

रातो मच्छेन्द्रनाथको रथ थतीचोक लगनखेलबाट तानेर बिहीबार जावलाखेल पुर्‍याएको थियो । आइतबार साँझ पाँच बजे जावलाखेलमा रातो मच्छेन्द्रनाथको भोटो देखाइनेछ । गुठी संस्थानका प्रमुख पौडेलले राष्ट्रपतिको उपस्थितिमा भोटो देखाउनेछन् । आइतबार बिहान आठ बजे बुंगमतीबाट मच्छेन्द्रनाथको भोटो ल्याइनेछ । भोटो देखाइसकेपछि पनि पुनः बुंगमतीमै पुर्‍याइनेछ ।


प्रकाशित | २६ जेष्ठ २०७६, आईतवार ०६:५१