गोरखाका स्थानीय तहलाई ग्लोबल गोरखा समाजको ११ लाख बढीको स्वास्थ्य सामाग्री सहयोग

काठमाडौं – ग्लोबल गोरखा समाजले गोरखाका सबै स्थानीय तहलाई झन्डै १२ लाख वरावरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । समाजका अध्यक्ष विनय अधिकारीका अनुसार समाजले ११ लाख ७६ हजार ८०० बराबरको स्वास्थ्य सामाग्री जिल्लामा विभिन्न ११ स्थानीय तहलाई सहयोग गरिएको हो ।

जिल्लाको गोरखा र पालुङटार नगरपालिका तथा चुमनुब्री, धार्चे, आरुघाट, भीमसेन थापा, शहिद लखन, गण्डकी, सिरानचोक, बारपाक सुलिकोट र अजिरकोट गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो ।

अधिकारीका अनुसार जिल्लाको ११ स्थानीय तहलाई १ लाख बराबरको १३ हजार थान मास्क र ३० थान थर्मलगन सहयोग गरिएको हो ।

त्यस्तैगरि, समाजले जनस्वास्थ्य कार्यालय गोरखा, जिल्ला प्रशासन कार्यालय गोरखा र पत्रकार महासंघ गोरखा शाखा लाई समेत स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

जनस्वास्थ्य कार्यालयलाई १० हजार थान मास्क र १० थान थर्मलगन, जिल्ला प्रशासन कार्यालय गोरखा ७ हजार थान माक्स १० थान थर्मलगन र पत्रकार महासंघ गोरखा शाखालाई २ हजार पिस मास्क र १ थान थर्मलगन उपलब्ध गराइएको अध्यक्ष अधिकारीले बताउनुभयो ।


प्रकाशित | १२ मंसिर २०७७, शुक्रबार २१:१९