खुसीको खवर: पछिल्लो २४ घन्टामा भेटिएनन् कोरोना संक्रमित

काठमाडौं : नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमीत देखिएका छैन । बिहीबार प्रयोगशाला परीक्षण गर्दा थप मानिसमा संक्रमण नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले देशभर १७ हजार ३ सय ७२ जना क्वारेन्टाइनमा रहेको बताए। मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता देवकोटाले आइसोलेसन १ सय ३३ जना रहेको जानकारी गराउनुभयो । रेड जोनमा ३ सय ३५ जना रहेको मन्त्रालयले जनाएको छ।

यीमध्ये २२ जना उपचारपछि निको भएका छन्। बैशाख ११ र १४ गते उपचारपछि निको भएर डिस्चार्ज भएका ३ जनामा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको छ। उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।

नेपाल अमेरिका मेडिकल फाउन्डेसनले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि ६८ लाख २५ हजार २ सय रुपैयाँ सहयोग गरेको छ। प्रतिष्ठानको आइसियू सुधारका लागि फाउन्डेसनले सहयोग गरेको प्रवक्ता डा देवकोटाले जानकारी दिनुभायो ।

बुधबारसम्म संक्रमित हुनेहरुमा ७१ पुरुष २८ महिला गरी ९९ जना रहेका छन्। ७७ जना उपचारको क्रममा रहेको मन्त्रालयले जनाएको छ।


प्रकाशित | २५ बैशाख २०७७, बिहीबार १७:५६