अबको एनआरएनए नेतृत्व, चुनौती र अवसर

गणेश केसी

गैर आवासीय नेपाली संघ स्थापनाको १६ वर्ष पुगेको छ । करिव १६ वर्षको इतिहासमा एनआरएनए स्थापनाको बखत, उद्देश्य, आवश्यकतामा धेरै फरक देखिएको छ । त्यो बेलाको पञ्जीकृत सदस्य संख्या, विश्व सञ्जालमा जोडिएका देश र प्रवासका समस्या आदि सबैलाई विश्लेषण गर्ने हो भने अहिले यसको अन्तराल निकै फराकीलो बन्दै गएको छ ।

अहिले विश्वभरीका ८० वटा देशमा एनआरएनए एनसिसी गठन भइसकेको छ । त्यसमा करिव ८० हजारको हाराहारीमा पञ्जीकृत सदस्य संख्या पुगेको छ । विश्वभरि यो सञ्जाल विस्तार हुने क्रम अझै जारी छ । संस्था स्थापनाको १६ वर्ष पुग्दा संघले ऐतिहासिक नवौ विश्व सम्मेलन आगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडाौंमा आयोजना गर्देछ ।

विश्वभरि रहेका एनसिसीमा अहिले नयाँ नेतृत्व चयन र केन्द्रीय प्रतिनिधि छनौट प्रक्रिया धमाधम भइरहेको छ । यस पटक विश्वको सबैभन्दा ठूलो एनसिसीको रुपमा यूके अगाडि आएको छ । यूकेमा १३ हजार ६ सय २९ पञ्जीकृत सदस्य संख्या पुगेको देखिन्छ । त्यस्तै, पञ्जीकृत सदस्य संख्याको आधारमा दोस्रोमा अष्टे«लीया र तेस्रोमा अमेरिका परेको छ । अमेरिका र अष्टे«लीयाले नयाँ नेतृत्व चयन गरिसकेको छ भने यूकेमा यही सेप्टेम्बर १४ तारिखमा निर्वाचन हुँदैछ । अहिले सम्म ३० भन्दा बढी एनसिसीले नयाँ नेतृत्व चयन गरिसकेका छन् ।

यस पटक धेरै जसो देशले सर्वसम्मत नेतृत्व चयन गर्दै गैर आवासी नेपालीबीचको आपसी सम्बन्धलाई थप सृदृढ तुल्याउने कार्य गरेका छन् । बाँकि एनसिसीले यही सेक्टेम्बर २५ तारिखभित्र निर्वाचन सम्पन्न गर्नुपर्ने भएको छ । केन्द्रको सोही निर्देशनअनुसार सबैभन्दा अन्तिममा कोरियाको अधिवेशन २२ तारिखमा सम्पन्न हुँदैछ । जुन अधिवेशन सम्पन्न भएसँगै सबै एनसिसीको नयाँ नेतृत्व चयन प्रक्रिया सम्पन्न हुनेछ ।

विभिन्न अवसर अनी रोजगारीका खोजीमा संसारको विभिन्न राष्ट्रमा छरिएर रहेका गैर आवासीय नेपालीहरुलाई एउटै छहारीमा एकमृष्ठ गर्दै ७० लाख गैर आवासीय नेपालीको भावनालाई समेट्दै अगाडि बढेको संस्था आउँदो चुनावको संघारमा अगाडि बढेको छ । यतिखेर विश्वका विभिन्न मु्लुकबाट उम्मेदवारी दिने उम्मेदवारहरुको लर्को लागेको छ ।

यस चुनावी माहौलमा एनआरएनएलाई राम्रो सँग बुझेका अभियन्ता देखि एनआरएनएलाई राम्रो सँग नबुझेकाहरुको उम्मेदवारी परेको छ र पर्दै छ । जे जस्तो सुकै भए पनि संसारभरिका एनआरएहरुको चाहाना हिजो भन्दा आज र भोलीको अवस्थामा संस्थाले परिवर्तनको भूमिका निभाउँदै अगाडि बढ्नु पर्दछ भन्ने नै छ ।

एनआरएनएको स्थापनाकालदेखि आजको समय सम्म आइपुग्दा यसका अग्रजहरुको अतुलनीय भूमिका छ । यस संस्था स्थापना गर्नका लागि संस्थापक अध्यक्ष डा. उपेन्द्र महत्तोको भूमिका र उहाँको दुरदर्शीतालाई एउटा महत्वपूर्ण उपलब्धीको रुपमा हेर्नु पर्दछ । हिजोका दिनमा भोलीलाई देखेर यो महान कार्य गर्नु भएको छ ।  उहाँ लगतैका पूर्व अध्यक्षहरु देवमान हिराचन, जीवा लामिछाने ज्यूहरुको भूमिका पनि उत्तिकै महत्वपूर्ण मान्नु पर्दछ ।

त्यसपछिका अर्का, अध्यक्ष शेष घले ज्यूको कार्यकालमा यस संस्थालाई अर्को उचाईमा पुर्याउने काम भएको छ । एनआरएनएको हेड क्वाटर बनाउन होस भूकम्पको पीडामा पिल्सिएका नेपालीलाई मलम लगाउने कार्यमा होस लाप्राकको ५०० घर बनाउने कार्य योजनामा होस संस्थालाई आर्थिक रुपमा होस वा संस्थालाई उचाईमा पुरयाउने कार्यमा होस । सँगसँगै अब आउने दिनमा एनआरएनएलाई परिमार्जीत गर्दै युवा, महिलाहरुलाई कसरी अझ सशक्त बनाउन सकिन्छ भनेर भिजन २०२० एन्ड वियोण्डको योजना ल्याउन सफल भूमिकामा होस वा सेकेण्ड जेनेरेसनलाई अगाडि बढाउने कार्यमा होस, यो ऐतिहासिक काम मान्नु पर्दछ ।

हालका वर्तमात अध्यक्ष भवन भट्ट हिजोका लिडरसिपले पूरा नगरेका कामलाई पूर्ण रुपमा सफल गर्दै देशको आर्थिक सम्मृद्धिको मुख्य शक्ती पर्यटन प्रबद्र्धनमा टेवा दिने काममा होस एनआरएनए इन्भेष्टमेन्टको लागि होस मुख्य रुपमा युवाहरुलाई हातमा हात काँधमा काँध मिलाएर साथ लिएर हिड्न सक्ने छुट्टै विशेषता भएका लिडरसिपका रुपमा बेग्लै पहिचान बनाउनु भएको छ ।

अब आउँने नेतृत्व त्यो हुनुपर्दछ जसले सस्थाका अग्रज तथा पूर्व सफल अध्यक्ष ज्यूहरुको मार्गदर्शनमा हिड्न सकोस । अबको नेतृत्व एनआरएनएका अभियन्ताहरु सबैको सरसल्लाह र सबै पूर्ण सफल अध्यक्षहरुको साथ लिएर संस्थालाई अगाडि बढाउने योजनामा समन्वयकारी भूमीका निभाउन सक्छ जो आत्म विश्वासका साथ नयाँ योजना ल्याएर सबैलाई जोड्न सक्छ त्यो ब्यक्ती नै भोलीको सफल नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने सफल ब्यक्ती हुनेछ ।

विशेष गरि गैर आवासीय नेपाली संघले नेपाल सरकारसँग मिलेर गर्न लागेको १० अर्बको लगानी, विदेशी ज्ञान, सिप र प्रविधि हस्तान्तन्रणको सवाल, नेपाली नागरिकताको निरन्तरता, विदेशबाट स्वदेश फर्केलाई स्वदेशमै रोजगारीको वन्दोवस्त गर्नुपर्ने जस्ता चुनौती अबको नेतृत्वमा रहेको देखिन्छ । गैर आासीय नेपाली संघले यसअघि थालेको कार्यक्रमलाई निरन्तरता दिर्दै संघलाई नयाँ ढंगले परिस्कृत बनाउँदै गैर आवासीय नेपालीको हितमा केन्द्रित भएर अगाडि बढ्नु अहिलेको तड्कारो आवश्यकता पनि छ । अब आउने नेतृत्वले यी र यस्ता कुरामा गम्भिर भएर अगाडि बढेमा एनआरएनएको भविष्य थप उज्जवल हुने विश्वास गर्न सकिन्छ ।

अष्ट्रेलीयामा लामो समयदेखि विभिन्न ब्यवसाय गर्दै आउनुभएको गणेश केसी एनआरएन अभियन्ता हुनुहुन्छ ।


प्रकाशित | १९ भाद्र २०७६, बिहीबार १६:४७